Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष हेमन्त बस्यालले राजीनामा दिएका छन् । बस्यालले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राजीनामा बुझाएका हुन् ।
नेप्से स्रोतका अनुसार उनले विशेष कारण देखाउँदै राजीनामा दिएका हुन् ।
तत्कालीन सरकारले बस्याललाई २०८२ भदौ १९ गते नेप्सेको अध्यक्षमा नियुक्त गरेको थियो । उनले आफ्नो कार्यकाल एक वर्ष नहुँदै नेप्सेबाट राजीनामा दिएका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij