Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली सेनाको भूमिकाप्रति प्रश्न उठाएका छन् । सरकारले सुकुमबासी बस्ती हटाउँदा सेना समेत सुरक्षामा पुगेको भन्दै प्रश्न उठाएका हुन् ।
उनले भनेका छन्, ‘राष्ट्रिय सुरक्षा परिषद् बैठक, मन्त्रिपरिषद्को निर्णय वा राष्ट्रपतिको आदेश केका आधारमा सेनाहरू सुकुमबासी बस्ती पुगे ? सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन र सयौँ सरकारी कार्यालयहरू जलिँदा बचाउन नसक्ने सेना-प्रहरीहरू, बालेनको आदेशमा गरिबका घर भत्काउन किन यति तत्पर देखिन्छन् ?’
उनले सेनाको मालिक को हुन् रु कुन स्वार्थ वा प्रभावमा चलिरहेका छन् भन्ने प्रश्न अब आम जनताले गम्भीर रूपमा बुझ्नुपर्ने समय आएको समेत बताएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij