Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

वर्षाका कारण अवरूद्ध बिपी राजमार्ग अझै खुलेन

वर्षाका कारण अवरूद्ध बिपी राजमार्ग अझै खुलेन

  • काठमाडौं । शनिबार र आइतबारको वर्षाका कारण अवरूद्ध बिपी राजमार्ग सोमबार बिहानसम्म खुल्न सकेको छैन। डिभिजन सडक कार्यालय भक्तपुरलगायतले आइतबार साँझसम्म बाटो खुलाउने प्रयास गर्दागर्दै पुनस् परेको वर्षाले थप अवरुद्ध बनाएको इन्जिनियर दीपक याकामीले जानकारी दिए।

    onlinepatrika
    Arghakhachi

    उनका अनुसार सोमबार बिहानदेखि पुनस् सडक आवागमन गराउन डाइभर्सनको कामलाई निरन्तरता दिइने र दिउँसोसम्म सञ्चालनमा ल्याइने छ। आइतबार आठ स्थानबाट डाइभर्सन बनाइ आवागमन गराउन खोजिए पनि चारसयबेँसी भन्ने स्थानमा डाइभर्सन बनाउने क्रममा वर्षा भएपछि थप काम रोकिएको उनले बताए।

    AGNI GROUP

    अहिले चारसयबेँसी र घुमाउनेमा डाइभर्सनको काम बाँकी रहेको उनको भनाइ छ। शनिबार दिउँसो वर्षा सुरु भएलगत्तै जोखिमलाई मध्यनजर गर्दै जिल्लास्थित सुरक्षा निकायले उक्त राजमार्गमा ३स्३० बजेदेखि आवागमन बन्द गराएको थियो।

    जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको नमोबुद्धस्थित कटुन्जेदेखि रोशीको मंगलटार सडकखण्ड वर्षाका कारण रोशी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भनेर बन्द गराएको जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij