Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एन्फाका पदाधिकारीहरू विदेश जान नपाइने

एन्फाका पदाधिकारीहरू विदेश जान नपाइने

  • काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का २४ पदाधिकारीहरूलाई विदेश भ्रमणमा रोक लगाइएको छ ।
    अध्यागमन विभागले उनीहरूलाई कालो सूचीमा राख्दै विदेश जान प्रतिबन्ध लगाएको हो । गृह मन्त्रालयको निर्देशनपछि एन्फाका पदाधिकारीहरूका साथै प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधरलाई पनि विदेश जान रोक लगाइएको स्रोतले जनायो।

    onlinepatrika
    Arghakhachi

    स्रोतको अनुसार सो निर्णय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसमा गरिएको हो । विदेश जान नपाइने सूचीमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी, प्रवक्ता सुरेश शाहसहित अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरु रहेका छन् ।

    AGNI GROUP

    राष्ट्रिय खेलकुद ऐनको अवमूल्यन गरेर एन्फा गत चैत १३ गते अर्ली इलेक्सन गर्ने तयारीमा थियो । राखेपले नियमविपरित जान नपाउने भन्दै निर्वाचन गर्ने भए नियमअनुसार गर्नु भन्ने चेतावनी दिएको थियो । तर, एन्फा नमानेपछि अर्ली इलेक्सन हुन दुई दिनअघि चैत ११ गते राखेपले एन्फालाई ३ महिनाको लागि निलम्बन गर्ने लिएको थियो । राखेपको यो कदमपछि एन्फा अर्ली इलेक्सनबाट पछि हटेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij