Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई अर्थ मन्त्रालयमा तानिएको छ ।
दीपक भट्ट र सुलभ अग्रवाल संलग्न हिमालयन रि इन्स्योरेन्सको शेयर प्रकरणमा उनी समेत मुछिएपछि मन्त्री स्वर्णिम वाग्लेले विभागबाट तानेका हुन् ।
भटट् र अग्रवालमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प्रक्रिया अघि बढाइरहेका बेला विभागकै महानिर्देशक ठाकुरकी पत्नीको नाममा समेत शेयर देखिएपछि उनलाई मन्त्रालय तानिएको हो ।
नयाँ महानिर्देशकको बारेमा निर्णय नभएको बताइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij