Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार २.९५ अंक घटेर २८०४.१७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.३५ अंक बढेर २८०६.५२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७७ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा ६२ स्टकको १५० पटकको कारोबारमा ४० लाख ३५ हजार ३७६ रुपैयाँ ५० पैसाबराबरको ५ हजार ४३५ कित्ता शेयर खरिदबिक्री भएको छ।
जसमध्ये २९ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी १२ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij