Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

७७औँ स्थापना दिवसको कार्यक्रममा ओली गएनन्

७७औँ स्थापना दिवसको कार्यक्रममा ओली गएनन्

  • काठमाडौं । नेकपा (एमाले) ले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७७औँ दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् ।

    onlinepatrika
    Arghakhachi

    कार्यक्रममा अध्यक्ष ओली आउने बताइए पनि स्वास्थ्य अवस्थाका कारण सहभागी नभएको उनको सचिवालयले जनाएको छ ।

    AGNI GROUP

    नेकपा एमालेका प्रेस संयोजक मीनबहादुर शाहीले बाह्रखरीसित भने, “उहाँ केही दिनअघि मात्रै डिस्चार्ज हुनुभएको हो । चिकित्सकले पनि भीडमा नजानु भनेका छन् । स्वास्थ्य स्थितिलाई मध्यनजर गरेर अध्यक्ष ज्यु सहभागी हुनुभएन । पहिलो स्वास्थ्य हो त्यसपछि अरु कुरा आउँछ ।”

    नेकपा स्थापनाको ७७औँ दिवसका अवसरमा एमालेले पार्टी केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij