Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

विष्णु पौडेल भन्छन्- नेतृत्वले उपलब्धिको जस लिएजस्तै क्षतिको पनि जिम्मेवारी लिनुपर्छ

विष्णु पौडेल भन्छन्- नेतृत्वले उपलब्धिको जस लिएजस्तै क्षतिको पनि जिम्मेवारी लिनुपर्छ

  • काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारको नेतृत्व गरेको पार्टी चुनावमा नराम्रोसँग सडकमा पछारिएको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    पार्टी स्थापना दिवसको अवसरमा शुभकामना दिँदै निर्वाचनमा नेपाली मतदाताको अत्यधिक ठुलो हिस्साले पार्टीलाई अस्वीकार गरेको बताएका छन्।

    AGNI GROUP

    उनले भनेका छन्, ‘हामीले कुनै द्विविधा राख्नु हुँदैन, हिजोको सफलतामा हाम्रो योगदान र योग्यताको निर्णायक भूमिका थियो र आजको असफलता र पराजयमा पनि हाम्रै गल्ती, कमजोरी र अयोग्यताको निर्णायक भूमिका छ ।’

    नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीमा रहेका गल्ती, कमजोरीहरूलाई स्वीकार गर्न र सच्याउनुपर्ने बताएका छन्।

    उनले थपेका छन्, ‘हामीले सफलता र उपलब्धिको जस लिएजसरी नै पराजय र क्षतिको पनि जिम्मेवारी लिन जरुरी छ । समयको निर्देश अनुरूप समग्र पार्टीलाई पुनर्गठन गर्न र नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले अगाडी बढाउन जरुरी छ ।

    उनको भनाइ जस्ताको तस्तै-
    पार्टी स्थापनाको नेतृत्व गर्ने कमरेडहरू पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोती देवीप्रति श्रद्धा र सम्मान गर्ने दिन । जनताको बहुदलीय जनवाद जस्तो युग सुहाउँदो, गतिशील र लोकतान्त्रिक सिद्धान्त प्रतिपादन गर्ने जननेता मदन भण्डारीबाट प्रेरणा लिने दिन ।
    कम्युनिस्ट आन्दोलनका सम्पूर्ण शहीदहरू र मनमोहन अधिकारी लगायत सम्पूर्ण अग्रजहरूलाई आदरपूर्वक स्मरण गर्ने दिन । नेपाली कम्युनिस्ट आन्दोलनका उपलब्धि र कमजोरीहरूको समीक्षा गर्न,तीनबाट शिक्षा लिन र अगाडी बढ्न सङ्कल्प गर्ने दिन ।
    नेपाल कम्युनिस्ट पार्टीको स्थापना सबै प्रकारका निरङ्कुश शासनको अन्त्य, लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र समृद्धि, सामाजिक न्याय र समाजवादको उद्देश्य प्राप्तिका लागि भएको थियो ।
    पार्टी स्थापना देखि आजसम्म आइपुग्दा नेपाली कम्युनिस्ट आन्दोलनले असाधारण उपलब्धि हासिल गरेको छ र कहालीलाग्दो क्षति पनि बेहोरेको छ । संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आधारित संविधान घोषणा भएपश्चातको दशक कम्युनिस्ट पार्टीले झन्डै दुई तिहाइको सरकार गठन गर्न सफल भएको दशक र नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास कै सबैभन्दा ठुलो असफलता र पराजयको दशक बन्न पुगेको छ ।
    सरकारको नेतृत्व गरेको हाम्रो पार्टी २०८२ भदौ २४ सम्म आइपुग्दा नराम्रोसँग सडकमा पछारिएको छ । फागुन २१ गते सम्पन्न निर्वाचनमा नेपाली मतदाताको अत्यधिक ठुलो हिस्साले हाम्रो पार्टीलाई अस्वीकार गरेका छन् । हामी प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको १६५ मध्ये ९ स्थान र समानुपातिक समेत कूल २७५ मध्ये २५ स्थानमा खुम्चिन बाध्य भएका छौँ ।
    हामीले कुनै द्विविधा राख्नु हुँदैन, हिजोको सफलतामा हाम्रो योगदान र योग्यताको निर्णायक भूमिका थियो र आजको असफलता र पराजयमा पनि हाम्रै गल्ती, कमजोरी र अयोग्यताको निर्णायक भूमिका छ ।
    अब हामीले अविलम्ब समग्र नेपाली कम्युनिस्ट आन्दोलनको, विशेष गरी विगतको एक दशकको र पछिल्लो पटक सरकारको नेतृत्व गर्दा देखि आम निर्वाचन सम्पन्न हुँदा सम्मको वस्तुनिष्ठ र यथार्थपरक समीक्षा गर्न जरुरी छ । नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीमा रहेका हाम्रा गल्ती, कमजोरीहरूलाई उद्घाटित गर्न, स्वीकार गर्न र सच्याउन जरुरी छ ।
    हामीले सफलता र उपलब्धिको जस लिएजसरी नै पराजय र क्षतिको पनि जिम्मेवारी लिन जरुरी छ । समयको निर्देश अनुरूप समग्र पार्टीलाई पुनर्गठन गर्न र नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले अगाडी बढाउन जरुरी छ । पार्टी स्थापनाको यस् ऐतिहासिक दिनमा नेकपा (एमाले) लाई लोकप्रिय, गतिशील र राष्ट्रलाई नेतृत्व गर्ने निर्णायक शक्तिमा बदल्ने सङ्कल्प गरौँ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij