Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मुस्ताङमा भारतीय नागरिक मृत फेला

मुस्ताङमा भारतीय नागरिक मृत फेला

  • काठमाडौँ । मुस्ताङमा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् । घरपझोङ गाउँपालिका–४ लामाकुर्सीस्थित लामाकुर्सी गुम्बाको बत्ती बाल्ने कोठामा भारतीय नागरिकको शव आज बिहान १०ः१५ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रतापगढ, उत्तर प्रदेश (भारत) घर भएका ६३ वर्षीय सङ्गमलाल यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिए ।

    AGNI GROUP

    वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाको सिमाना पान्डा खोला नजिकै जोमसोम–कागबेनी सडक छेउको लामाकुर्सी गुम्बाको बत्ती बाल्ने कोठामा शव फेला परेको प्रहरी निरीक्षक महतले बताए ।

    मृतकको घटनास्थलबाट आधार कार्ड फेला परेको छ । प्रहरीका अनुसार यादव अघिल्लो महिनाको चैत्र १८ गते ट्रेकिङका लागि आएका थिए ।

    घटनापछि जिल्ला प्रहरी कार्यालय मुस्ताङले मृतकका परिवारसँग सम्पर्कका लागि समन्वय गरिरहेको जनाएको छ । शव हाल जोमसोमस्थित प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।

    सूचना प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट नौ जनाको टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलको प्रकृति र मचुल्का तयार गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij