Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अर्थमन्त्री डा. वाग्लेसँग अमेरिकाका सहायक विदेशमन्त्री कुपरलको भेटवार्ता

अर्थमन्त्री डा. वाग्लेसँग अमेरिकाका सहायक विदेशमन्त्री कुपरलको भेटवार्ता

  • काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री एसपल कुपरले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    अर्थ मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपालमा हालै सम्पन्न निर्वाचनपछि गठित वर्तमान सरकार र अमेरिकी सरकारबीच सम्भावित साझेदारीका क्षेत्र, लगानी प्रवर्द्धन र द्विपक्षीय सहयोगका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

    AGNI GROUP

    उक्त छलफलमा अर्थमन्त्री डा.वाग्लेले सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरयुक्त भौतिक पुर्वाधार निर्माण रहेको उल्लेख गरेका थिए । उनले पुराना अनावश्यक कानुनको खारेजी र नयाँ कानुन निर्माणद्वारा आर्थिक सुधार र लगानीको वातावरण सृजना गर्नु सरकारको प्राथमिकता रहेको बताएका थिए ।

    अमेरिकी लगानीकर्ता तथा गैरआवासीय नेपाली लगानीकर्ताबाट विशेषगरी पर्यटन, स्वच्छ ऊर्जा र सूचना प्रविधिका क्षेत्रमा लगानी अपेक्षित रहेको सो अवसरमा उनले बताएका थिए ।

    अमेरिकी सहायक विदेशमन्त्री कपुरले नेपाल र अमेरिकाबीचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विचार व्यक्त गरेका थिए । हालै सम्पन्न शान्तिपूर्ण निर्वाचनपश्चात गठित वर्तमान सरकारले लिएको सुधारका कार्यक्रमलाई अमेरिकी राष्ट्रपति र अमेरिकी जनताले सकारात्मक रूपमा नजिकबाट हेरिरहेको बताएका थिए ।

    सफल व्यापारिक सम्बन्ध र अमेरिकी अन्तरराष्ट्रिय वित्त विकास सहयोगजस्ता संस्थासँगको साझेदारीमा दुवै राष्ट्रले लाभ लिन सक्ने विषयमा सहायक विदेश मन्त्रीले जोड दिएका थिए ।

    उक्त बैठकमा अर्थ सचिव डा. घनश्याम उपाध्याय, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका पदाधिकारी तथा नेपालका लागि अमेरिकाका कार्यवाहक राजदुत स्कोट अर्बोमसँगै अमेरिकी राजदूतावासका पदाधिकारीको उपस्थति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij