Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

राज्य व्यवस्था समितिको सभापतिमा ढकाल

राज्य व्यवस्था समितिको सभापतिमा ढकाल

  • काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल निर्विरोध निर्वाचित भएका छन्।

    onlinepatrika
    Arghakhachi

    ढकालको मात्र मनोनयन दर्ता भएपछि सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । उनले बिहीबार सांसद पुरुषोत्तम शुप्रभात यादवको प्रस्ताव र सांसद श्रद्धा कुँवरको समर्थनमा सभापतिका लागि मनोनयन दर्ता गरेका थिए।

    AGNI GROUP

    निर्वाचनपछि प्रतिक्रिया दिँदै सभापति ढकालले समितिलाई दलगत सीमाभन्दा माथि उठाएर प्रभावकारी ढंगले सञ्चालन गर्ने बताएका छन्। विगतमा विभिन्न कारणले समितिहरू प्रभावकारी रूपमा चल्न नसकेको उल्लेख गर्दै उनले अब त्यो अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

    उनले वर्तमान स्थिर सरकारलाई सघाउँदै सुशासन कायम गर्न समितिको भूमिका महत्वपूर्ण हुने पनि बताए । साथै, समितिमा प्राप्त उजुरीहरूलाई प्राथमिकताका आधारमा अध्ययन गरी अघि बढाइने र महत्वपूर्ण विधेयकहरूमाथिको छलफललाई थप प्रभावकारी बनाइने उनको भनाइ छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij