Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर मुद्दामा सर्वोच्चमा बहस जारी छ ।
शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ जारी छ । अहिले विपक्षी तर्फका वकीलले बहस गरिरहेका छन् । उपसभामुखद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल इजलास पुगेका छ्न् ।
विपक्षी (गगन थापा) तर्फका वकीलको बहसपछि जवाफी बहस हुनेछ । हिजो रिट निवेदक र निर्वाचन आयोगको तर्फबाट सरकारी वकीलले बहस गरेका थिए । जवाफी बहसपछि सम्भवतस् आजै आदेश आउने सम्भावना रहेको कानुन व्यवसायीले बताएका छन् ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिता दिने निर्णय निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले रिट दायर गरेको छ ।
उक्त मुद्दा विचाराधीन रहेको अवस्थामा १५ औँ महाधिवेशनको कार्यतालिका ल्याइएको र सदस्यता खुलाउने निर्णयविरुद्ध तत्कालीन कावा सभापति पूर्णबहादुर खड्काले अर्को रिट दायर गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij