Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पक्राउ

जेनजी आन्दोलनमा भागेका कैदीबन्दी पक्राउ

जेनजी आन्दोलनमा भागेका कैदीबन्दी पक्राउ

  • काठमाडौं । हाडनाता जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय पाएर फरार रहेका एक अभियुक्तलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    रौतहटको डुमरिया गाउँपालिका १० का ३० वर्षीय केदार परियार बिहीबार पक्राउ परेका हुन् । उनलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले पोखरा ९, पृथ्वीचोकबाट पक्राउ गरेको हो ।

    AGNI GROUP

    उनी जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई रौतहट कारागारमा कैद भुक्तान गरिरहेका थिए । कैद भुक्तानकै क्रममा गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनी भागेका थिए ।

    उनले अझै १८ वर्ष ४ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका परियारलाई आवश्यक कारबाहीका लागि कास्की कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij