Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सर्वसाधारणका लागि सोपान फर्मास्यूटिकल्सको आईपीओ खुल्यो

सर्वसाधारणका लागि सोपान फर्मास्यूटिकल्सको आईपीओ खुल्यो

  • काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले प्राथमिक शेयर ९आईपीओ० निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्रीमा ल्याएको हो । यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिसकेको छ ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । जसमा ४ लाख २९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, १ लाख ७१ हजार ६०० कित्ता शेयर कर्मचारीहरूका लागि र २ लाख १४ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई छुट्याएको छ ।

    AGNI GROUP

    कम्पनीले बाँकी रहेको ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबरको ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन गरेको छ । जुन शेयरको मूल्य प्रतिकित्ता एक सय रुपैयाँ रहेको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारण लगानीकर्ताले वैशाख ८ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij