Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सबै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएका छन्। 

    onlinepatrika
    Arghakhachi

    बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सातै प्रदेशका मुख्यमन्त्रीलाई बोलाइएको छ। 

    AGNI GROUP

    मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले छलफलको एजेण्डा थाहा नभएको बताए।  उनले भने, ‘प्रधानमन्त्रीज्यूले आज २ बजे बोलाउनु भएको छ। भरखरै म काठमाडौँ आइपुगेको छ। भेटघाट होला। छलफलको एजेण्डा त्यस्तो केही थाहा छैन।’

    प्रधानमन्त्री शाहले यसअघि प्रदेशगत रूपमा सातै प्रदेशबाट निर्वाचित सांसदसँग छलफल गरेका थिए। 

    बुधबार समानुपातिक सांसदसँग छलफल गरेका प्रधानमन्त्री शाहले आज मुख्यमन्त्रीहरूसँग छलफल गरी प्रदेशका समस्या र तत्काल गर्नुपर्ने कामको प्राथमिकताका बारेमा जानकारी लिने उनको सचिवालयले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij