Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो

  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २७ अङ्कले बढेर दुई हजार ८६६ दशमलव ८७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १७ प्रतिशतको वृद्धि हो ।

    onlinepatrika
    Arghakhachi

    आज ३४४ कम्पनीको दुई करोड ६४ लाख ३८ हजार ५२१ कित्ता शेयर एक लाख २३ हजार ३५९ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ५३ करोड ७० लाख आठ हजार ७९६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    AGNI GROUP

    आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैंकिङ एक दशमलव ३०, विकास बैंक एक दशमलव ५३, वित्त एक दशमलव २१, होटल तथा पर्यटन तीन दशमलव १६, जलविद्युत् दुई दशमलव १४ र लगानी समूह शून्य दशमलव ८९ प्रतिशतले बढेको छ ।

    त्यस्तै, जीवन बीमा शून्य दशमलव ४६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ११, लघुवित्त शून्य दशमलव ६४, म्युचुअल फन्ड शून्य दशमलव ५६, निर्जीवन बीमा शून्य दशमलव ३९ र अन्य समूह शून्य दशमलव १० प्रतिशतले बढेको छ । आज ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij