Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि भारत प्रस्थान गरेका छन् । आज बिहान मुख्यमन्त्री शाह भारतको राजधानी दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।
मुख्यमन्त्री शाहको सचिवालयले दिएको जानकारीअनुसार उनी धनगढीबाट स्थलमार्ग हुँदै दिल्ली गएका हुन् ।
शाह लामो समयदेखि दायाँ खुट्टा, मेरुदण्ड (रीडको हड्डी) र नसासम्बन्धी समस्याबाट ग्रस्त छन् । गत मंसिरमा पनि नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा दुई साता उपचार गराएर मुख्यमन्त्री शाह स्वदेश फर्किएका थिए ।
त्यसअघि मुख्यमन्त्री शाहले धनगढीस्थित सेती प्रादेशिक अस्पताल तथा काठमाडौंका वीर अस्पताल र मेडिसिटी अस्पतालमा उपचार गराएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij