Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । आईपीएल २०२६ को २२औँ खेलमा कोलकाता नाइट राइडर्स (केकेआर)का कप्तान अजिंक्य रहाणेलाई स्लो ओभर रेटका कारण जरिवाना गरिएको छ।
चेन्नई सुपर किंग्स ९सीएसके०विरुद्ध एमए चिदम्बरम स्टेडियममा भएको खेलका क्रममा कोलकाताको टोलीले निर्धारित समयमा आफ्ना ओभरहरू पूरा गर्न सकेको थिएन।
आईपीएलको आचारसंहिता उल्लंघन भएको भन्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्डले कप्तानमाथि कारबाही गरेको हो।
यो सिजनमा केकेआरको यो पहिलो स्लो ओभर रेटको घटना हो।
खेलपछि जारी आधिकारिक वक्तव्यअनुसार, आईपीएलको आचारसंहिता धारा २.२२ अन्तर्गत यो कोलकाता नाइट राइडर्सको यस सिजनको पहिलो गल्ती थियो।
नियमअनुसार, सिजनको पहिलो गल्ती भएकाले कप्तान अजिंक्य रहाणेलाई १२ लाख रुपैयाँ जरिवाना तिराएर मात्र छोडिएको छ।
यदि टोलीले पुनः यस्तो गल्ती दोहोर्याएमा जरिवानाको रकम बढ्नेछ र अन्य खेलाडीहरूलाई पनि म्याच शुल्कको जरिवाना लाग्न सक्छ। खेलमा चेन्नई ३२ रनले विजयी भएको थियो।
के हो स्लो ओभर रेट ?
आईपीएलको नियमअनुसार, प्रत्येक टोलीलाई २० ओभर फाल्नका लागि एक निश्चित समय (डेढ घण्टा वा ९० मिनेट, जसमा रणनीतिक ब्रेक समावेश हुन्छ) दिइन्छ।
यदि इनिङ्स समाप्त हुने बेलासम्म टोली निर्धारित समयभन्दा पछि पर्छ भने, त्यसलाई ‘स्लो ओभर रेट’ मानिन्छ। मैदानमा रहेका अम्पायर र म्याच रेफ्रीले यसको निगरानी गर्छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij