Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बुधबार (आज) बिहान ११ बजे केन्द्रीय कार्यालयमा बस्दैछ।
कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले दोस्रोपटक विज्ञप्ति जारी गरेपछि समितिले यो बैठक बोलाएको हो। यसअघि पार्टीले उनलाई विज्ञप्ति जारी नगर्न निर्देशन दिएको थियो।
खड्काले भने विज्ञप्ति मार्फत ‘पार्टी सदस्यता कसैले खारेज गर्न सक्दैन’ भन्ने अडान राखेका छन्।
यसैगरी, दिउँसो २ बजे सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि तय गरिएको छ। बैठकमा मुख्य रूपमा वैशाख ४ गते हुने संसदीय दलको नेता चयन, १५औँ महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यता अद्यावधिक गर्ने विषयमा छलफल हुनेछ।
पार्टीभित्रको आन्तरिक विवाद र समसामयिक राजनीतिक विषयलाई बैठकको मुख्य एजेन्डा बनाइएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij