Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

आईपीएलमा राजस्थान र हैदराबाद भिड्दै

आईपीएलमा राजस्थान र हैदराबाद भिड्दै

  • काठमाडौँ ।  इन्डियन प्रिमियर लिग (आईपीएल) को १९ औं सिजन अन्तर्गत आज (सोमबार) सनराइजर्स हैदराबादले राजस्थान रोयल्सको सामना गर्दैछ। हैदराबादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हुने यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

    onlinepatrika
    Arghakhachi

    यस सिजनमा राजस्थान रोयल्स निकै बलियो देखिएको छ। अहिलेसम्म खेलेका चारवटै खेल जितेर राजस्थान अंक तालिकाको शीर्ष स्थानमा छ। अर्कोतर्फ, हैदराबादले चार खेलमध्ये एकमा मात्र जित निकाल्न सकेको छ भने तीन खेलमा हार बेहोरेको छ।

    AGNI GROUP

    यी दुई टोलीबिच भएका कुल २१ खेलमध्ये हैदराबादले १२ र राजस्थानले ९ खेल जितेका छन्। हैदराबादको घरेलु मैदानमा भएका ६ खेलमध्ये ५ खेलमा हैदराबाद विजयी भएको इतिहास छ। यद्यपि, पछिल्लो समय राजस्थानको फर्म उत्कृष्ट रहेको छ।

    हैदराबादको पिच ब्याटिङका लागि निकै राम्रो मानिन्छ, जहाँ उच्च स्कोर बन्ने सम्भावना रहन्छ। यहाँ भएका कुल ८४ खेलमध्ये दोस्रो ब्याटिङ गर्ने टोलीले ४८ पटक जित हासिल गरेको छ।

    आइतबार (हिजो) भएका खेलहरूमा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरु विजयी भएका थिए। गुजरातले लखनऊ सुपर जायन्ट्सलाई ७ विकेटले हराएको थियो।

    दोस्रो खेलमा आरसीबीले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गर्‍यो। आरसीबीले २४० रनको विशाल योगफल तयार पारेको थियो। ७८ रन बनाएका फिल साल्ट खेलको उत्कृष्ट खेलाडी घोषित भए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij