Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नयाँ वर्ष २०८३ का लागि नेपाल टेलिकमको विशेष अफर सार्वजनिक

नयाँ वर्ष २०८३ का लागि नेपाल टेलिकमको विशेष अफर सार्वजनिक

  • काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को सुखद अवसरमा आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरुका लागि विशेष 'नयाँ वर्ष अफर' सार्वजनिक गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    कम्पनीले ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै सस्तो दरमा धेरै डाटा चलाउन सकिने गरी दुई प्रकारका प्याकेजहरु ल्याएको हो ।

    AGNI GROUP

    टेलिकमले 'न्यु इयर लाइट' र 'न्यु इयर प्रिमियम' गरी दुई वटा विकल्प उपलब्ध गराएको छ ।

    न्यु इयर लाइट प्याकेज अन्तर्गत ग्राहकले ४९९ रुपैयाँमा ३० दिनसम्म प्रतिदिन ५ जीबी डाटा प्राप्त गर्नेछन् । दैनिक ५ जीबीको सीमा सकिएपछि पनि ग्राहकले २ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न पाउने टेलिकमले जनाएको छ ।

    बढी डाटा खपत गर्ने प्रयोगकर्ताका लागि लक्षित न्यु इयर प्रिमियम  प्याकेजमा ६९९ रुपैयाँमा ३० दिनसम्म प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ । दैनिक १० जीबी डाटा सकिएपछि पनि ३ एमबीपीएसको स्पिडमा अनलिमिटेड इन्टरनेट चलाउन सकिनेछ ।

    यो अफर आजदेखि आगामी २०८३ वैशाख २ गतेसम्म मात्र खरिद गर्न सकिने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताको हकमा प्याकेजको शुल्क उनीहरुको मासिक रेन्टल चार्जमै समावेश गरिने कम्पनीले स्पष्ट पारेको छ ।

    ग्राहकहरुले आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरेर वा 'नेपाल टेलिकम एप' मार्फत यी प्याकेजहरु सहजै खरिद गर्न सक्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij