Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

विराट गोल्डकपमा एपीएफलाई १–० ले स्तब्ध पार्दै चर्च ब्वाइज सेमिफाइनलमा

विराट गोल्डकपमा एपीएफलाई १–० ले स्तब्ध पार्दै चर्च ब्वाइज सेमिफाइनलमा

  • काठमाडौं । ३८औँ विराट गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले सेमिफाइनलमा प्रवेश गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    शहीद रङ्गशालामा आइतबार राति भएको दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइजका समीर तामाङले २७औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो । ए डिभिजन लिग विजेता तथा गत संस्करणको उपविजेता चर्च ब्वाइजले उपाधि दाबेदार मानिएको एपीएफलाई पहिलो खेलमै घर फर्काएको हो ।

    AGNI GROUP

    समीर तामाङले खेलको २७औँ मिनेटमा आशिष सोनामले दायाँतर्फबाट उपलब्ध गराएको क्रसलाई नियन्त्रणमा लिँदै उत्कृष्ट फिनिसिङ गरे । उनै समीर खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए र नगद ११ हजार रुपैयाँ पुरस्कार जिते ।

    एपीएफले खेलभरि गोलका थुप्रै अवसर सिर्जना गर्‍यो तर फिनिसिङमा निरन्तर चुकेको थियो । पहिलो हाफको ४४औँ मिनेटमा मणि कुमार लामाको डिबक्सभित्रबाट गरेको सशक्त प्रहार पोस्टमाथिबाट बाहिरियो । दोस्रो हाफमा एपीएफ थप आक्रामक देखिए पनि गोलरक्षक दीप कार्कीको उत्कृष्ट बचाउ र आफ्नै फिनिसिङ त्रुटिले उसलाई बराबरी गर्न दिएन ।
    ५०औँ मिनेटमा प्रदीप लामाको कडा प्रहारलाई दीप कार्कीले रोके । ६३औँ मिनेटमा सविन गुरुङले गोलको सुनौलो मौका गुमाए। यता चर्च ब्वाइजले पनि ६९औँ मिनेटमा सुरज गौतमको प्रहार पोस्टमा लागेर फर्किँदा अग्रता दोब्बर पार्ने अवसर खेर फाल्यो ।

    २०७८ सालको विजेता एपीएफ (जसले त्यतिबेला भारतीय टोली पन्जाब पुलिसलाई हराएर उपाधि जितेको थियो) यसपटक भने पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिएको छ । उपाधि होडको मुख्य दाबेदार मानिएको टोलीले आधा दर्जनभन्दा बढी स्पष्ट अवसर सदुपयोग गर्न सकेन । यो जितसँगै चर्च ब्वाइज सेमिफाइनल पुग्ने दोस्रो टोली बनेको छ । यसअघि उद्घाटन खेलमा झापा ११ ले त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाइसकेको छ ।

    प्रतियोगिताअन्तर्गत सोमबार तेस्रो क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र २०८० सालको विजेता मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij