Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सेनाले आत्मरक्षाका लागि गोली चलाउँदा गैँडा मर्‍यो

सेनाले आत्मरक्षाका लागि गोली चलाउँदा गैँडा मर्‍यो

  • काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले गस्तीमा खटिएको नेपाली सेनाको टोलीमाथि आक्रमण गर्न थालेपछि आत्मरक्षाका क्रममा गोली चलाउँदा एकसिङ्गे गैँडाको मृत्यु भएको जनाएको छ। 

    onlinepatrika
    Arghakhachi

    चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले शुक्रवार विज्ञप्ति जारी गरी बिहीवार दिउँसो करिब १२:५० बजे निकुञ्जको कोर क्षेत्रमा गस्तीमा खटिएको नेपाली सेनाको श्री नयाँ गोरख गणअन्तर्गतको टोली अर्धवयस्क बच्चासहितको पोथी एकसिङ्गे गैँडासँग जम्काभेट भएको त्यही क्रममा घटना भएको जनाएको छ। 

    AGNI GROUP

    गैँडाले अचानक एक सिपाहीमाथि आक्रमण गरेको र १४ राउण्ड हवाई फायरमा पनि नछाडेपछि सिपाहीको ज्यान बचाउन २ राउण्ड गोली चलाइएको निकुञ्जले जनाएको छ।

    सो क्रममा एउटा गोली गैँडाको करङमा लाग्दा गैँडाको घटनास्थलमै मृत्यु भएको निकुञ्ज कार्यालयले जनाएको छ। पोष्टमार्टममा फोक्सोमा प्वाल परेको पाइएको छ।

    घाइते भएका सिपाहीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा सघन कक्षमा उपचार भइरहेको पनि जनाइएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij