Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सदनमा हर्क साम्पाङको प्रस्तावः टेबल नठोकौं, ताली बजाउँ

सदनमा हर्क साम्पाङको प्रस्तावः टेबल नठोकौं, ताली बजाउँ

  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद बैठकमा बोल्दै एउटा रोचक प्रस्ताव गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले सांसदहरुलाई टेबल ठोक्नुको साटो ताली बजाउन आग्रह गरे ।

    AGNI GROUP

    साम्पाङले बोल्दै गर्दा रास्वपाका सांसदहरुले टेबल ठोकेर समर्थन जनाएका थिए । त्यसलाई ईंगित गर्दै साम्पाङले आफूले एउटा अनौठो कुरा गर्न लागेको बताए ।

    उनले भने, ‘अलि अनौठो खालको बोलिन्छ । एकचोटि अर्को अनुरोध के गर्न चाहन्छु भने आउँदो दिनमा हामीले ताली ठोक्दा कस्तो हुन्छ होला । खाली हामीले टेबल कुर्सी ठोकेर, टेबल कुर्सीमा चढेर, यो पनि त्यति राम्रो भइराखेको छैन । त्यसो भएकाले हामीले आफूलई मन लाग्दा दुई हात छन्, दुई हात बजाएर ताली ठोक्दा कति राम्रो हुन्थ्यो होला ।’

    तर उनको सम्बोधन सकिएपछि सांसदहरुले टेबल नै ठोके ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij