Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्र बैंकले आज एक खर्ब २५ अर्ब निक्षेप संकलन गर्ने

राष्ट्र बैंकले आज एक खर्ब २५ अर्ब निक्षेप संकलन गर्ने

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज शुक्रबार पुनः एक खर्ब २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। नयाँ सरकार गठन भएको दुई साता बित्न लाग्दा समेत बजारमा तरलताको चाप कम नभएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत यो रकम खिच्न लागेको हो।

    onlinepatrika
    Arghakhachi

    लामो समयदेखिको आर्थिक शिथिलता र हालैको जेनजी आन्दोलनका कारण बैंकहरूबाट अपेक्षित रूपमा कर्जा प्रवाह बढ्न सकेको छैन। कर्जाको माग न्यून रहेकै बेला कुल निक्षेप ७८ खर्ब रुपैयाँ नाघेपछि बैंकहरूले ब्याजदर घटाउँदै मुद्दती निक्षेपलाई निरुत्साहित गरिरहेका छन्। यही अधिक तरलता र ब्याजदरलाई सन्तुलनमा राख्न राष्ट्र बैंकले नियमित रूपमा निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा प्रयोग गर्दै आएको छ।

    AGNI GROUP

    केन्द्रीय बैंकका अनुसार यस बोलकबोलमा 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। अनलाइन खरिद प्रणालीमार्फत हुने यस प्रक्रियामा सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई प्राथमिकता दिएर रकम बाँडफाँट गरिनेछ। बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ।

    आज बोलकबोल हुने यस निक्षेपको सावाँ तथा ब्याज भुक्तानी २०८३ वैशाख २ गते हुने राष्ट्र बैंकले जानकारी दिएको छ। खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा कारोबार सञ्चालन समितिले बढीमा ६ महिना अवधिको निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। सोही कानुनी प्रावधानमा टेकेर केन्द्रीय बैंकले पटक–पटक तरलता व्यवस्थापन गर्दै आएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट