Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री मरिसस जाँदै

हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री मरिसस जाँदै

  • काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले पहिलो विदेश भ्रमण मौरिससको गर्ने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    चैत्र २७ र २८ मा मौरिससमा इण्डियन फाउन्डेसनले आयोजना गरेको नवौं पश्चिमी हिन्द महासागर सम्मेलनमा सहभागी हुन मन्त्री खनाल आज मौरिसस जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार खनाल आज त्यसतर्फ प्रस्थान गर्ने तय भएको छ ।

    AGNI GROUP

    मौरिसस सरकार र इण्डिया फाउन्डेसनले आयोजना गरेको यस कार्यक्रमको नवौं संस्करण ’हिन्द महासागरको सुशासनका लागि सामूहिक जिम्मेवारी’ भन्ने शिर्षका बहस र छलफल हुने बताइएको छ । कार्यक्रममा भारतका विदेशमन्त्री एस.जयशंकर पनि सहभागी हुदैछन् । खनालले जयशंकरसँग पनि सोहि कार्यक्रमको सिलसिलामा भेटवार्ता गर्ने बताइएको छ ।

    सम्मेलनमा बंगलादेश, श्रीलंका, भुटानसहितका देशका विदेशमन्त्रीहरुको सहभागिता हुने इण्डियन फाउन्डेसनले जानकारी दिएको छ ।

    इण्डिया फाउन्डेसनका अध्यक्ष भारतीय जनता पार्टीका नेता राम माधवन रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij