Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपसभामुखमा चुनाव हुनुपर्ने बताएका छन्। उपसभामुखमा आफ्नो पार्टीको दाबी रहेको बताउँदै आएको अध्यक्ष साम्पाङले बार्गेनिङ नभई चुनाव हुनुपर्ने बताएका छन्।
उनले भनेका छन्, ‘उपसभामुखको चुनाव हुनेछ, छलफल गर्नुस्, बार्गेनिङ होइन।’
उपसभामुख पदका लागि ११ बजेदेखि २ बजेसम्मको लागि समय तोकिएको छ। श्रम संस्कृतिसहित कांग्रेस, नेकपा र राप्रपाले पनि दाबी गर्दै आइरहेको छ।
सत्तारुढ दल रास्वपाको झन्डै दुई तिहाइ बहुमत भएकाले जसले समर्थन गर्ने दलले नै जित्नेछ। रास्वपाले श्रम संस्कृति र राप्रपामध्ये एउटा दललाई सघाउने सम्भावना छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij