Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मौसम

आज कस्तो रहला देशभरको मौसम ?

आज कस्तो रहला देशभरको मौसम ?

  • काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । 

    onlinepatrika
    Arghakhachi

    आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

    AGNI GROUP

    आज राति कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा साधरणतया बादल लाग्ने, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

    कोशी प्रदेश र गण्डकी प्रदेशको  पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij