Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

परराष्ट्रमन्त्रीले गरे यूएईका समकक्षीसँग टेलिफोन वार्ता

परराष्ट्रमन्त्रीले गरे यूएईका समकक्षीसँग टेलिफोन वार्ता

  • काठमाडाैँ । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानबीच सोमबार साँझ टेलिफोन वार्ता भएको छ। 

    onlinepatrika
    Arghakhachi

    वार्ताका क्रममा यूएईका विदेशमन्त्रीले नवनियुक्त परराष्ट्रमन्त्री खनाललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।

    AGNI GROUP

    कुराकानीका क्रममा दुई देशका मन्त्रीहरूबीच पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिको बारेमा गहन छलफल भएको छ। परराष्ट्रमन्त्री खनालले यूएईको सार्वभौम भू-भाग, नागरिक र ऊर्जा केन्द्र, बन्दरगाह तथा विमानस्थलजस्ता महत्वपूर्ण पूर्वाधारहरूलाई लक्षित गरी भएका आक्रमणहरूको कडा शब्दमा निन्दा गरेको परराष्ट्र मन्त्रलयले जनाएको छ। सो अवसरमा उनले यूएईप्रति नेपालको ऐक्यबद्धता प्रकट गरे । 

    मन्त्री खनालले द्वन्द्वका क्रममा एक नेपाली नागरिकको दुखद मृत्यु भएको र अन्य २४ जना नेपालीहरू घाइते भएको विषयमा चासो र दुःख व्यक्त गरे । उनले युद्ध कहिल्यै पनि शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै कूटनीति र संवादका माध्यमबाट मात्रै स्थायी शान्ति प्राप्त गर्न सकिनेमा जोड दिए ।

    जवाफमा यूएईका विदेशमन्त्रीले कठिन समयमा नेपालले देखाएको ऐक्यबद्धताप्रति आभार प्रकट गरे । उनले यूएईमा रहेका नेपाली समुदायलाई आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिँदै त्यहाँ कार्यरत नेपाली लगायत सबै बासिन्दाको सुरक्षा र हित सुनिश्चित गर्न यूएई सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। दुई मन्त्रीहरूबीच आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij