Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

राष्ट्रिय सभाको उपाध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित

राष्ट्रिय सभाको उपाध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित

  • काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन् । अध्यक्ष नारायण दाहालले सोमबारको बैठकमा उनको मात्रै उम्मेदवारी परेकाले विधिवत रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

    onlinepatrika
    Arghakhachi

    आइतबार उपाध्यक्षको मनोनयन दर्ताका लागि तोकेको समयमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो । भण्डारीको प्रस्तावकमा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल थिए ।

    AGNI GROUP

    यस्तै, समर्थकमा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पुजा चौधरी र नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाह रहेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij