Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक साना तथा मझौला उद्योग |(एसएमई) क्षेत्रमा प्रवाह हुने कर्जाको जोखिम भार घटाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।
नयाँ व्यवस्था अनुसार अब कृषि, सूचना प्रविधि वा उत्पादनमूलक उद्योगसँग सम्बन्धित एसएमईले प्राप्त गर्ने ३ करोड रुपैयाँसम्मको कर्जामा ६० प्रतिशत जोखिम भार कायम हुने भएको छ ।
राष्ट्र बैंकले क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५ र २००७ लाई संशोधन गरेर यो सुविधा प्राप्त गर्नका लागि केही सर्तहरू पुरा हुनुपर्ने जनाएको छ । जसमा सम्बन्धित कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट प्रत्याभूत भएको हुनुपर्ने वा घरजग्गा धितोको हकमा फेयर मार्केट भ्यालुमा कम्तीमा २५ प्रतिशतको मार्जिन सुरक्षित हुनुपर्ने र उक्त कर्जा अनिवार्य रूपमा आयोजना बीमाअन्तर्गत समेटिएको हुनुपर्नेछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij