Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पक्राउ

नापी र यातायात कार्यालय ललितपुरबाट ३२ बिचौलिया पक्राउ

नापी र यातायात कार्यालय ललितपुरबाट ३२ बिचौलिया पक्राउ

  • काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चलाएको छ। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले मंगलबार नापी र यातायात कार्यालयबाट ३२ जना बिचौलियालाई नियन्त्रणमा लिएको हो।

    onlinepatrika
    Arghakhachi

    प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार ललितपुर नापी कार्यालयबाट २१ जना र एकान्तकुनास्थित यातायात कार्यालयबाट ११ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूले सेवाग्राहीलाई अनावश्यक हैरानी दिने, लाइन मिचिदिने प्रलोभन देखाउने र अनधिकृत रूपमा रकम बार्गेनिङ गर्ने गरेको पाइएको छ।

    AGNI GROUP

    एकान्तकुनास्थित यातायात कार्यालयमा बिचौलियाहरूको बिगबिगी रहेको जनगुनासोपछि प्रहरीले निगरानी बढाएको थियो। पक्राउ परेकामध्ये कतिपयले त कार्यालयभित्रका आधिकारिक कागजात र प्रक्रियासम्मै अनधिकृत पहुँच पुर्‍याएर सेवाग्राहीबाट मोटो रकम असुल्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

    ‘सेवाग्राहीको काम मिलाइदिन्छु भन्दै पैसा असुल्नेहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौँ,’ एसपी मिश्रले भने, ‘उनीहरूमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको छ, विस्तृत विवरण केही समयपछि सार्वजनिक गर्नेछौँ ।’

    सुशासनको चुनौती र प्रहरी सक्रियता लामो समयदेखि ललितपुरका नापी, मालपोत र यातायात कार्यालय बिचौलियाको अखडा बन्ने गरेको भन्दै आलोचना हुने गरेको थियो । पहुँच नभएका सर्वसाधारणले सास्ती पाउने तर पैसा बुझाउनेको काम छिटो हुने परिपाटीले सुशासनमाथि नै प्रश्न उठाएको थियो ।

    पछिल्लो समय गृहमन्त्रालयले सरकारी कार्यालयमा हुने अनियमितता र बिचौलियाको प्रभाव शून्यमा झार्न निर्देशन दिएपछि नेपाल प्रहरीले देशव्यापी रूपमा यस्ता ‘सप्राइज चेकिङ’ र पक्राउ अभियानलाई तीव्रता दिएको छ।

    पक्राउ परेकाहरूमाथि अभद्र व्यवहार वा अन्य सान्दर्भिक मुद्दामा अनुसन्धान अघि बढाउने तयारी प्रहरीको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij