Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वैदेशिक रोजगारीमा लाखौँ ठगी

वैदेशिक रोजगारीमा लाखौँ ठगी

  • काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेहरूमा रुपन्देही बुटवल उपमहानगरपालिका–२ बस्ने सल्यान कालीमाटी गाउँपालिका- ७ घर भएका ५२ वर्षीय कर्णबहादुर राउत, काठमाडौँ नागार्जुन नगरपालिका–९ बस्ने तनहुँ भानु नगरपालिका–१२ घर भएका ४२ वर्षीय आनन्द थापा, नवलपरासी पूर्व कावासोती नगरपालिका–३ घर भएकी ३९ वर्षीया राधिका पाठक पौडेल र काठमाडौँ महानगरपालिका–३१ बस्ने मोरङ सुन्दहरैँचा नगरपालिका–३ घर भएका ४७ वर्षीय तिलक परियार रहेका छन् ।  

    AGNI GROUP

    पक्राउमध्ये कर्ण बहादुरले फिनल्यान्ड पठाइदिन्छु भन्दै ११ जना पीडितहरूबाट ५७ लाख रुपैयाँ, आनन्दले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रुपैयाँ, राधिकाले फिनल्यान्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख २० हजार रुपैयाँ र तिलकले सर्बिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कर्ण बहादुरलाई काठमाडौँ महानगरपालिका–११ बाट, आनन्दलाई काठमाडौँ महानगरपालिका–२६ बाट, राधिकालाई काठमाडौँ महानगरपालिका–१२ बाट र तिलकलाई काठमाडौँ महानगरपालिका२९ बाट पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij