Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नयाँ सभामुख अर्यालको शपथ आइतबार ३ बजे

नयाँ सभामुख अर्यालको शपथ आइतबार ३ बजे

  • काठमाडौं । सभामुख डोलप्रसाद अर्यालको शपथ चैत २२ गते दिउँसो ३ बजे हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अर्याल शुक्रबार प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सङ्घीय संसद् सचिवालयले सभामुखमा उम्मेदवारी दर्ताका लागि तोकेको शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समयमा अर्यालको मात्रै उम्मेदवारी परेको प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।

    AGNI GROUP

    राष्ट्रपति कार्यालयले आइतबार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको जानकारी दियो ।

    आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाबाट अर्याललाई प्रक्रिया पूरा गरेर सभामुख घोषणा गरिने छ । त्यसपछि दिउँसो ३ बजे राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij