Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षकलाई ४० हजार घुस रकमसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रहरी निरीक्षक वकिल अधिकारी रहेका छन्।

    onlinepatrika
    Arghakhachi

    अख्तियारको बर्दिवास कार्यालयका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण आयोजनाअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्य गरिरहेका एक ठेकेदारसँग घुस लिँदै गर्दा प्रहरी निरीक्षक अधिकारीलाई आज पक्राउ गरिएको हो। प्रहरी निरीक्षक अधिकारीमाथि विभिन्न बहानामा निर्माणमा प्रयोग हुने सवारी साधन रोक्ने तथा काममा अनावश्यक बाधा गर्ने आरोप छ।

    AGNI GROUP

    यही क्रममा ठेकेदारसँग रकम मागेको सूचनाका आधारमा अख्तियारको टोलीले प्रहरी निरीक्षक अधिकारीलाई घुस रकमसहित पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij