Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । निर्माण व्यवसायी संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष सागर कटुवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको छ ।
उनी नेपाल निर्माण व्यवसायी संघको १३ औँ अधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार बन्ने भएपछि मकवानपुरका निर्मार्ण व्यवसायी चुनाव जिताउन गएका थिए । तर उम्मेदवार नै पक्राउ परेपछि व्यवसायी रित्तो हात फर्किएका छन् ।
सीआइबीले सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्का प्रणाली नै ह्याक गरेर ठूला ठेक्का कब्जा गर्दै आएको घटनामा दुई महिनादेखि अनुसन्धान गरिरहेको थियो । यसैक्रममा कटुवालको पनि संलग्नता देखिएको भन्दै उनलाई चैत १७ गते राति पक्राउ गरिएको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले बोलपत्रडटकमडटएनपीमार्फत अनलाइन बोलपत्रको व्यवस्थापन गर्दै आएकामा बोलपत्र प्रणाली ह्याक गरी अरूले पेस गरेको बोलपत्र हेर्ने र तोकिएको समयभन्दा केही मिनेट मात्र अगाडि सबैको भन्दा कम हुने गरी आफ्नो आर्थिक प्रस्ताव राखेर ठेक्का कब्जा गर्ने गिरोहका सदस्य खोज्ने क्रममा कटुवालको पनि संलग्नता देखिएको सीआइबीको भनाइ छ ।
कटुवाल अघि सिआइबीले चार ठूला ठेक्का ह्याक गरी कब्जा गरेको प्रकरणमा केही निर्माण व्यवसायीलाई पक्राउ गरिसकेको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को १० अर्ब रुपैयाँको ठेक्कामा पनि यस्तै ह्याक गरेको पाइएपछि सीआइबीले आशिष निर्माण सेवाका निर्माण गौली, सगुन निर्माण सेवा, डिभिजन सडक कार्यालय भक्तपुरले खुलाएको बोलपत्रमा रौताडा कन्स्ट्रक्सनलाई पनि अनुसन्धानको दायरामा ल्याइसकेको छ । यसैक्रममा हाम्रो कटुवाल निर्माण सेवाका कटुवालको पनि थपिएका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij