Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ९७ अर्ब ३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ८८ करोडले बचतमा रहेको छ ।
यस अवधिमा खुद पुँजीगत ट्रान्सफर १२ अर्ब ५९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६ अर्ब ४१ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा १० अर्ब ८४ करोड प्रत्यक्ष वैदेशिक लगानी ९इक्विटी मात्र० भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी ९इक्विटी मात्र० ८ अर्ब ४७ करोड रहेको थियो।
त्यस्तै, चालू आवको आठ महिनासम्मको अवधिमा शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३१० अर्ब ३७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४ अर्ब ६१ करोडले बचतमा रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij