Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नै फेसबुकमार्फत् सोफामा सुतेको तस्बिर सार्वजनिक गरेका छन्। उक्त तस्बिरमा उनी कार्यालयभित्रै सोफामा सिरक ओढेर आराम गरिरहेको अवस्थामा देखिन्छन्।
तस्बिरसँगै उनले “निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन” भन्ने सन्देशसमेत लेखेका छन्।
गृहमन्त्री बनेपछि गुरुङ हाल विभिन्न गतिविधिमा सक्रिय देखिएका छन्। उनले प्रहरी कार्यालयहरूको अवलोकन गर्ने, विवादित व्यक्तिहरू तथा बिचौलियामाथि निगरानी बढाउने लगायतका काममा चासो दिएका छन्।
साथै, जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा कारबाही सिफारिस भएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नेसम्मका कदममा पनि सक्रियता देखाएको जनाइएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij