Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । संघीय संसद् सचिवालयले चैत २२ गते आइतबार हुने प्रतिनिधिसभाको सभामुखको निर्वाचनका कार्यतालिका सार्वजनिक गरेको छ।
कार्यतालिका अनुसार चैत २० गते शुक्रबार बिहान ११ः०० देखि २ः०० बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नियमावालीको ढाँचामा प्रस्तावको सूचना (मनोनयन) संसद् सचिवालय, सिंहदरबारमा दर्ता गर्ने कार्यक्रम रहेको छ।
सचिवालयले बिहीबार सार्वजनिक गरेको कार्यतालिका अनुसार त्यही दिन दिउँसो २ः३० बजेदेखि तोकिएको समयमा दर्ता भएका उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने छ। दर्ता भएका प्रस्तावका सूचनालाई आइतबार हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तावले प्रस्ताव र समर्थकले समर्थन गर्ने तथा सामूहिक छलफलपश्चात् निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ।
यस्तै चैत २२ गते अपराह्न ४ः०० बजे दर्ता भएका प्रस्तावकको सूचनाको दर्ता सूची प्रकाशन हुने छ भने २३ गते दिउँसो १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकले उपाध्यक्ष चयन गर्ने छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij