Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेकपाका नेता वर्षमान पुनले राष्ट्र निर्माणको लागि सरकारलाई सघाउन तयार रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सामाजिक न्याय र रूपान्तरणको लागि सरकारलाई साथ रहने बताए।
उनले लोकतन्त्र, गणतन्त्र र समावेशिताको मुद्दामा सम्झौता गर्न नसक्ने बताए। उनले निर्वाचनबाट आएको जनमतलाई स्वीकारेर रचनात्मक रूपमा सरकारलाई सघाउन तयार रहेको बताए।
उनले ०६४ सालमा पनि आफूहरूले अहिले रास्वपाले जस्तै मत पाएको स्मरण गर्दै सम्हालिएर अघि बढ्न आग्रह गरे। उनले विगतमा दुई तिहाइ बहुमत ल्याउँदा सदुपयोग गर्न नसकेको बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij