Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

कैदी भाग्दा प्रहरी नै दोषी ?

कैदी भाग्दा प्रहरी नै दोषी ?

  • चितवन । जिल्ला कारागार भरतपुरबाट कैदी फरार भएका घटनामा दुई  प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो ।  निलम्बित हुनेमा प्रहरी जवानद्वय अञ्जन कार्की र सुरेश लामा छन् ।

    images
    images
    images

    उनीहरुलाई गत आइतबार नै निलम्बन गरिएको भए पनि प्रहरीले आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरूङ्का अनुसार तत्कालीन समयमा कार्यक्षेत्रमा रहेका उनीहरुलाई निलम्बन गरिएको हो ।  

    images

    यही मङ्सिर ११ गते साँझ ५ः३० बजे सुरक्षाकर्मीले काम परिवर्तन गर्ने समयमा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कालिका नगरपालिका घर भएका ४५ वर्षीय रेशमलाल श्रेष्ठ १५ फिट अग्लो पर्खाल नाघेर भागेका थिए । फरार श्रेष्ठको खोजी जारी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij