Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनप्रति असन्तुष्टि जनाएका छन् ।
सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उनले प्रदेशका मन्त्री र सचिवलाई पुरानै शैलीबाट काम गरेर नपुग्ने बताए ।बजेट कार्यान्वयनको अवस्था, आयोजना छनोट मापदण्ड र कार्यविधिसम्बन्धी छलफलमा कँडेलले हालसम्म बजेट खर्चको प्रगति कमजोर देखिएको बताए ।
बजेट किन प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेन भन्ने प्रश्नको जवाफ सम्बन्धित पक्षले खोज्नुपर्छ भन्दै उनले समस्या देखाउने भन्दा समाधान गर्ने जिम्मेवारी लिनुपर्ने बताए । “पुरानो कार्यशैलीका कारण विकास निर्माणका काम प्रभावित भएका छन् । काम गर्ने तरिका परिवर्तन गर्नुपर्छ,” उनले भने, “पुरानो शैलीलाई सुधार गर्नुहोस्, नयाँ ढंगले काम गर्न सिक्नुहोस् । जनताले परिणाम चाहेका छन् ।”
मन्त्रालयमा आएका फाइल अनावश्यक रूपमा रोकिन नहुने उनको भनाइ छ । “सरकारलाई काम चाहिएको हो, तपाईंहरूले राम्रोसँग काम गर्न सक्नुहुन्छ भने गर्नुहोस्, नसक्ने अवस्था भए त्यसबारे पनि सोच्नुहोस्,” उनले भने ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij