Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । नयाँ सरकारलाई काम गर्न सजिलो होस् भन्दै कार्यकारी अध्यक्ष झाले सञ्चार मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।
रास्वपाका नेताहरूले राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूलाई राजीनामा गर्न आग्रह गरिरहेका छन् ।
झा २०७९ आसर ७ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा ४ वर्षका लागि कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij