Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ। मन्त्री दीपक कुमार साहको उपस्थितिमा आइतबार बसेको बैठकले सरकारद्वारा स्वीकृत १०० बुँदे शासकीय सुधार कार्यसूचीमाथि छलफल गर्दै तत्काल कार्य योजना अघि बढाउने निर्णय गरेको हो ।
पूर्वप्रस्थान अभिमुखीकरण तालिम पाठ्यक्रममा आधारित श्रव्य दृश्य समाग्री निर्माण गरी डिजिटल मध्यममा उपलब्ध हुने व्यवस्था गर्ने र पूर्वप्रस्थान अभिमूखीकरण तालिमलाई पूर्ण रूपमा अनलाईन प्रणालीमा आधारित बनाउने मन्त्रालयकाे याेजना छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आवद्ध गर्न अभियान सञ्चालन गर्ने तथा श्रमिकको न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन गर्ने मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन न्यूनतम मापदण्ड तयार गर्ने, श्रमिकको न्यूनतम ज्याला पूर्ण रूपमा कार्यान्वयन गर्ने र कार्यस्थल सुरक्षा तथा स्वास्थ्यको अवस्था सुधार गर्ने विषयलाई प्राथमिकता दिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij