Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

दलितसँग माफी माग्ने सरकारको घोषणाको उज्यालो नेपालका केन्द्रीय सदस्य विकले गरे स्वागत

दलितसँग माफी माग्ने सरकारको घोषणाको उज्यालो नेपालका केन्द्रीय सदस्य विकले गरे स्वागत

  • काठमाडौं । उज्यालो नेपालका केन्द्रीय सदस्य किरण विकले बालेन शाह नेतृत्वको सरकारद्वारा अघि सारिएको सुशासन अभियानअन्तर्गत १०० बुँदे कार्य योजनालाई समसामयिक र प्रभावकारी पहल भएको बताएका छन् । उनले यो कार्ययोजना केवल कागजी नभई व्यवहारमै परिवर्तन ल्याउने उद्देश्यले तयार गरिएको भन्दै प्रशंसा गरेका हुन्।

    onlinepatrika
    Arghakhachi

    विशेष गरी बुँदा नम्बर ५ लाई उनले ऐतिहासिक कदमका रूपमा उल्लेख गर्दै दलित तथा ऐतिहासिक रूपमा वञ्चित समुदायमाथि भएको विभेदको औपचारिक स्वीकार, सामाजिक न्यायको प्रवर्द्धन र मेलमिलापको आधार निर्माणले राज्यलाई थप समावेशी बनाउने विश्वास व्यक्त गरे ।

    AGNI GROUP

    विकका अनुसार यस अभियानले नागरिक केन्द्रित शासन प्रणालीलाई बलियो बनाउनेछ।

    उनले डिजिटल सेवा विस्तार, छिटो र पारदर्शी सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रणका लागि कडा कदम, तथा नागरिक गुनासो व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउने एजेन्डालाई विशेष रूपमा सकारात्मक रहेको बताए । साथै, प्रशासनिक सुधार, उत्तरदायी कर्मचारी प्रणाली र सेवा प्रक्रियामा सरलीकरणले जनतालाई प्रत्यक्ष राहत पुग्ने उनको धारणा छ।

    उनले यी सबै सुधारहरूले सरकारप्रति जनविश्वास बढाउने मात्र नभई सुशासनको नयाँ मापदण्ड स्थापित गर्ने बताए। विकले सरकारलाई यी बुँदाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै निरन्तर अनुगमन र पारदर्शिता कायम राख्नुपर्नेमा जोड दिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij