Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण विभाग पठाइयो

दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण विभाग पठाइयो

  • काठमाडौँ । पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी डा.मनोज केसीले खड्कालाई विभाग पठाएको जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    उनका अनुसार खड्कामाथिको मुद्दाको अनुसन्धान र अभियोजन गर्ने काम अव विभागले गर्छ । त्यसअघि विभागले म्याद थप्न पनि विभागले नै खड्कालाई अदालत लैजान्छ ।
    पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका खड्कालाई नेपाल प्रहरीको सीआईवीले आइतबार बिहान पक्राउ गरेको थियो ।

    AGNI GROUP

    गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए ।

    खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी सङ्कलन समेत गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij