Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबेले प्रतिनिधिसभा सदस्य पदको शपथग्रहण गरेलगत्तै पहिलो महिनाको तलब जिल्लाको आधारभूत विद्यालय भवनका लागि समर्पण गर्ने घोषणा गरेका छन् ।
बिहीबार शपथ लिएगत्तै थेबेले जीवनकै पहिलो एक महिनाको तलब ताप्लेजुङको सिदिङवा गाउँपालिका-३ आङखोपस्थित आगेपा आधारभूत विद्यालयको जग्गा खरिद तथा भवन निर्माणमा सहयोग गर्ने निर्णय गरेको बताएका छन् ।
शिक्षामा गरिएको सानो योगदानले पनि त्यहाँका बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सकारात्मक आधार तयार पार्ने विश्वास आफूले लिएको थेबेले बताए । थेबे ताप्लेजुङबाट निर्वाचित भएका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij