Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ।
ठगी गरि पक्राउ पर्नेमा दमक नगरपालिका–९ का ३० वर्षीय अरुण दनुवार र कमल गाउँपालिका–६ खैरबारी बस्ने ३२ वर्षीय सुमन खड्का रहेका छन्। पीडितले दिएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई फागुन ८ गते पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी तथा आपराधिक लाभ कसुरमा जिल्ला अदालत झापाबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्सालले जानकारी दिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij