Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बुधबार देशका यी स्थानमा हुने छ वर्षा

बुधबार देशका यी स्थानमा हुने छ वर्षा

  • काठमाडौं । बुधबार कोशी, बागमती, गण्डकी र लु्म्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ। 

    onlinepatrika
    Arghakhachi

    मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। 

    AGNI GROUP

    बुधबार राति सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij