Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एन्फालाई राखेपको २४ घण्टे स्पष्टीकरण

एन्फालाई राखेपको २४ घण्टे स्पष्टीकरण

  • काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई कारबाहीका निम्ति २४ घण्टे स्पष्टीकरणपत्र काटेको छ ।

    onlinepatrika
    Arghakhachi

    परिषद्को स्वीकृति नलिईकन निर्वाचन प्रक्रिया अगाडि बढाइएको भन्दै स्थगन गर्न राखेपले यसअघि पटक–पटक पत्र काटेको थियो ।

    AGNI GROUP

    एन्फाले त्यसको पालना नगरी उल्टो राखेपलाई पत्र लेख्दै निर्वाचनका निम्ति प्रतिनिधि पठाइदिन भनेपछि स्पष्टीकरण सोधिएको हो । राखेपले पछिल्लोपटक बिहीबार एन्फालाई पत्र पठाएको थियो ।

    उक्त पत्रमा निर्वाचन स्थगन गर्न र त्यसको लिखित जानकारी तीन दिनभित्र गराउन भनिएको थियो । एन्फाले निर्वाचन रोक्न नसकिने जवाफ पठाएको थियो । निर्देशन पालना नभएपछि राखेपले २४ घण्टे स्पष्टीकरणपत्र काटेको हो ।

    राखेपको ‘निर्देशन कार्यान्वयन नगरी कानुनविपरीत कार्य गरेको हुँदा कारबाही किन हुनु नपर्ने हो रु २४ घण्टाभित्र सफाइ पेस गर्न’ स्पष्टीकरणपत्रमा भनिएको छ ।

    rakhepa_patra-1774348459.jpeg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij